मेरो मन

मलाइ थाहा छ यो Feeling...
यो मायाको Feeling...
यो आत्मीयताको Feeling...
यो Deep Care को Feeling...
तिम्रो याद को Feeling...
तिमीलाई लिएर म अझ अगाडी बढेको Feeling...
तिमि संग दु:ख बाड्दा सुख मिलेको Feeling
परिवार भन्दा नि बढी आत्मियता पाएको Feeling...

 म बैरागीन्छु... म भत्किन्छु.... म बडारिन्छु...
 हो यो जीवन हो...बैराग, निराशा र दु:ख नभए के जीवन?
                        यिनै को अर्को पाटो हो मलाइ बैराग बाट मोहमा ल्याउने |
 फेरी बनाइ उभियाईदिने,समेटेर सम्हाल्ने अनि
 डुब्न लागेको मलाइ आशाको किरण पठाई दिने |

 र त्यो पाटो हो तिम्रो मायाको,
 त्यो पाटो हो तिम्रो आत्मीयताको,
 त्यो पाटो हो तिम्रो सामिप्यताको
 त्यो पाटो हो तिम्रो मुस्कानको,
 त्यो पाटो हो तिम्रो उच्च बिचारको |

                                    त्यो पाटो नै हो मलाई जीवन को आशा र निराशाको फरक चिनाउने...
                                    यै पाटो नै हो मलाई तिम्रो सामिप्यको महसुस मा डुबाउने...
                                    तिम्रो बेउपस्तिथिको तितो रस को डर छैन मलाई...

                                    म त डुबेको छु नशामा निशामा अनि तिम्रो निश्छल मायामा |||

Comments

Popular posts from this blog

Centella Asiatica

जय राधे राधे किर्तन गावे संसार सारा झुमेला